२४ जेठ २०८३, आइतबार

कांग्रेसको मञ्चमा पुगेर महन्थले दिए आन्दोलनको ज्वालामुखीको चेतावनी

मंसिर २४, २०७८
कांग्रेसको मञ्चमा पुगेर महन्थले दिए आन्दोलनको ज्वालामुखीको चेतावनी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेश र थरुहट आन्दोलनमा सहभागीलाई लगाइएको झुटा मुद्दा फिर्ता नभए आन्दोलनको ज्वालामुखी फुट्ने चेतावनी दिएका छन् । उनले संविधानप्रति आफूहरूको असन्तुष्टि कायमै रहेको बताए ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष ठाकुरले कुनै पनि आन्दोलनलाई दबाएर समाधान नहुने बताएका हुन् । ‘संविधानसँग हाम्रो असन्तुष्टि कायमै छ, धन्यवाद दिनुपर्छ १३९ जना ओलीजीबाट मुक्त भएका छन् । अझै पनि कयौँ कार्यकर्ता जेलमा छन्,’ ठाकुरले भने, ‘कुनै पनि आन्दोलन र क्रान्तिलाई दबाएर सम्बोधन हुँदैन, ज्वालामुखी जस्तै विस्फोट हुन्छ । हामी सडकमा उत्रिन बाध्य हुन्छौँ ।’

सरकारको नेतृत्व गरेको पार्टीमा स्थिरता नरहे सरकार स्थिर नहुने ठाकुरले बताए । सरकारमा स्थिरता नरहँदा राज्यका अन्य अंग प्रभावित हुने गरेको उनले बताए । ‘संसदले राम्ररी काम गरेको छैन । सर्वोच्चको पनि त्यही अवस्था छ । जनताले पाउनु पर्ने सेवा र न्यायमा प्रभाव परेको छ । अदालत आज आफ्नै विवादमा फसेको देखिन्छ,’ ठाकुरले भने । 

salt training

कमेन्ट गर्नुहोस्