२६ जेठ २०८३, मंगलबार

कांग्रेस महाधिवेशनमा उपेन्द्रले भने– संविधान संशोधन र शासकीय प्रणालीमा सुधार आवश्यक छ

मंसिर २४, २०७८
कांग्रेस महाधिवेशनमा उपेन्द्रले भने– संविधान संशोधन र शासकीय प्रणालीमा सुधार आवश्यक छ

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेशलगायत विभिन्न समुदायका माग सम्बोधनका लागि संविधानमा अविलम्ब संशोधन गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई शुक्रवार राजधानीको भृकुटीमण्डपमा सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् ।

'संविधानलाई अविलम्ब संशोधन, निर्वाचन प्रणाली र शासकीय प्रणालीमा सुधार तथा नागरिकता ऐनमा परिमार्जन गर्नुपर्छ,' यादवले भने ।

उनले सबै समुदायको पहिचानले समान महत्त्व राख्ने भन्दै यसबाट मात्र नेपालको विशिष्ट पहिचान सुरक्षित हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्