२६ असार २०८३, शुक्रबार

माधव नेपालले पूर्वराजालाई भने- पार्टी खोलेर राजनीतिमा आउनुस् होइन भने व्यापार गरेर बस्नुस्

मंसिर २४, २०७८
माधव नेपालले पूर्वराजालाई भने- पार्टी खोलेर राजनीतिमा आउनुस् होइन भने व्यापार गरेर बस्नुस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्वराजालाई पार्टी खोल्न सुझाव दिएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेपालले राजनीतिक गर्ने भए पार्टी खोल्न सुझाव दिएका हुन् । 

नेपालमा राजतन्त्र नफर्कने भन्दै उनले भने, ‘राजनीति नै गर्ने भए पार्टी खोलेर आउनुस् होइन भने व्यवसाय गर्नुस् ।’

अहिले राजनीतिमा कालो बादल मडारिन थालेको उनले बताए । 

‘अहिले पनि संकेत राम्रो देखिरहेको छैन, राजनीतिमा कालो बादल मडारिन खोजेको छ,’ उनले भने, ‘प्रतिगामी तत्वलाई भन्न चाहन्छु– फेरि शिर उठाउने काम नगर्नुस् । नेपाली जनता फेरि ज्वालामुखी झै उत्रिने छन् ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्