२२ जेठ २०८३, शुक्रबार

राजेन्द्र लिङ्देनविरुद्ध एउटै मञ्चबाट खनिए ओली, प्रचण्ड र माधव नेपाल

मंसिर २४, २०७८
राजेन्द्र लिङ्देनविरुद्ध एउटै मञ्चबाट खनिए ओली, प्रचण्ड र माधव नेपाल
तस्वीरः रासस

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा नेताहरूले ‘तारो’ बनाएका छन् । काठमाडौंमा शुक्रवारबाट शुरू भएको कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा लिङ्देनले राजसंस्थाको वकालत गरेका थिए । 

उनले राजसंस्था पुनर्स्थापनाको प्रसंग निकालेका थिए । त्यस्तै उनले गाउँमा नेता जाँदा चोर आयो भन्ने गरेको बताएका थिए । 

लिङ्देनले राजसंस्थाको वकालत र नेतालाई चोर भन्ने गरेको अभिव्यक्ति दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल उनीविरुद्ध खनिएका छन् । 

ओलीले लिङ्देनलाई इंगित गर्दै नयाँ बाच्छो हिँड्न नजान्ने भन्दै नयाँ–नयाँ सभापति भएको रापताप भएको बताए । ‘नागरिक स्वाभिमानविपरीत वंशवादमा आधारित नेता भन्ने, हरेक नेता चोर हुन्छ भन्ने,’ उनले भने, ‘भर्खर–भर्खर अध्यक्षमा छानिएकोले होला । बाच्छो हिँड्न जान्दैन, नयाँ–नयाँ सभापति भएको रापताप होला ।’

त्यस्तै प्रचण्डले पनि गाउँमा नेता जाँदा चोर नै भन्छन् त भन्दै प्रश्न गरेका थिए । ‘एक जनाले भन्नुभयो, नेता आउँदा चोर आयो भन्छन् । के त्यस्तो हो त ? होइन, गलत हो,’ प्रचण्डले भने, ‘यो केका निम्ति भनियो ? जतिबेला लोकतान्त्रिक राजनीतिक दल, लोकतन्त्रका निम्ति लडेका नेतालाई बदनाम गर्न खोजिन्छ, त्यसलाई तानाशाही ब्यूँताउने षड्यन्त्र हो भनेर बुझिन्छ ।’

त्यस्तै नेकपा (एस) अध्यक्ष नेपालले पूर्वराजालाई राजनीतिमा आउने भए पार्टी खोलेर आउन नत्र व्यवसाय गर्न सुझाव दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्