१६ असार २०८३, मंगलबार

पौडेल पक्ष आज पनि छलफलमा बस्दै, साझा उम्मेदवार तय गर्न प्रयास हुने

मंसिर २५, २०७८
पौडेल पक्ष आज पनि छलफलमा बस्दै, साझा उम्मेदवार तय गर्न प्रयास हुने

उम्मेदवारी दर्ताको दिनसम्म पनि नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले सभापतिसहित आफूपक्षीय प्यानल तयार गर्न सकेको छैन ।

 सभापतिको साझा उम्मेदवारसहित प्यानल बनाउन पौडेल पक्षको बैठक शुक्रबार अबेरसम्म राजधानीको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बसेको थियो । तर   दावेदारहरु प्रकाशमान सिंह र डा शेखर कोइराला आफ्नो अडानबाट टसमस नभएपछि सहमति जुट्न नसकेको हो । उनीहरुले आफू नै उम्मेदवार हुनुपर्ने भन्दै अडान लिँदै आएका छन् ।

नेताहरुले शनिबार फेरि एक पटक बसेर सहमति जुटाउन प्रयास गरिने बताएका छन् । जसअनुसार आज बैठक बसेर सहमतिको लागि पहल गरिने नेताहरुको भनाइ छ ।

 काँग्रेसको १४ औं महाधिवेशन अन्तरगतको चुनावी कार्यक्रममा उम्मेदवार मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म हुने तय गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्