२२ जेठ २०८३, शुक्रबार

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक, स्थायी कमिटी र पोलिटब्यूरो गठन हुने

मंसिर २५, २०७८
आजदेखि एमाले केन्द्रीय कमिटी बैठक, स्थायी कमिटी र पोलिटब्यूरो गठन हुने

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज शनिवारदेखि शुरू हुँदैछ ।
 
पार्टीको १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बसेर स्थायी कमिटी र पोलिब्यूरो गठनसम्बन्धी निर्णय लिने कार्यसूची छ ।

आइतवारसम्म चल्ने बैठक भक्तपुर जिल्लाको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा शनिवार बिहान ११ बजे शुरू हुने पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बैठकमा निर्धारित १५ एजेन्डामा छलफल हुने उनले बताए । कार्यसूचीमा केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन र नेताहरूको कार्यविभाजन लगायत राखिएका छन् ।

यस्ता छन् एजेन्डा –

salt training

कमेन्ट गर्नुहोस्