२८ असार २०८३, आइतबार
कांग्रेस महाधिवेशन

कांग्रेस सभापतिमा नउठ्ने रामचन्द्र पौडेलको घोषणा

मंसिर २५, २०७८
कांग्रेस सभापतिमा नउठ्ने रामचन्द्र पौडेलको घोषणा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं सभापतिमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । आफ्नै निवास बोहराटारमा शनिवार बिहान आफुपक्षीय केन्द्रीय सदस्यहरूसँगको छलफलमा पौडेलले उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।

‘संस्थापन इतरबाट साझा उम्मेदवार बनाऔं भन्ने मेरो प्रयास सार्थक भएन, म अव प्रतिस्पर्धाबाट बाहिरिएँ’ पौडेल निकट एक नेताले लोकान्तरसँग भने, ‘अब शेखरजी र प्रकाशमानजी पछि हटे पनि उम्मेदवारी दिन्न ।’ उम्मेदवारी नदिएपनि कसलाई समर्थन गर्ने भन्नेबारे पौडेलले केही बोलेका छैनन् ।

‘रामचन्द्र दाई उम्मेदवार नबने पनि प्यानल बनाउने तयारी गरिरहेका छौं, एकजनालाई उहाँको समर्थन रहन्छ’ ती सदस्यले भने । सभापतिको लागि संस्थापन इतरबाट डा. शेखर कोइराला र प्रकाशमान सिंहले दावी गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्