
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । उनले भूगोलतर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी दर्तासँगै पोखरेलले प्रतिनिधिहरूसँग मत मागिरहेका छन् ।
कांग्रेसको १४औं महाधिवेशन शुक्रवारबाट शुरू भएको हो । शनिवार विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी दिने क्रम जारी छ ।
आइतवार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । प्रदर्शनीमार्गमा अहिले उम्मेदवारहरूले प्रचारप्रसारलाई व्यापक बनाएका छन् ।
ब्यानर, पर्चा बाँडेर उम्मेदवार तथा उनीहरूका समर्थकहरूले प्रचार गरिरहेका छन् ।