०५ साउन २०८३, मंगलबार
कांग्रेस महाधिवेशन

शेखर कोइराला प्यानल– महामन्त्रीमा गगन र मीनेन्द्र, उपसभापतिमा चन्द्र भण्डारी

मंसिर २५, २०७८
शेखर कोइराला प्यानल– महामन्त्रीमा गगन र मीनेन्द्र, उपसभापतिमा चन्द्र भण्डारी

नेपाली कांग्रेसको संस्थापन इतरबाट डा. शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दर्ताको तयारी गरेका छन् । 

महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाललाई प्यानलमा राखेर उम्मेदवारी मनोनयन गर्न लागेका हुन् । 

कोइरालाको प्यानलको उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ परेका छन् । यो प्यानललाई वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन रहेको बताइएको छ । 

गुरुङ महामन्त्रीको दाबेदार थिए । कोइरालाको प्यानलले दिउँसो ३ बजे उम्मेदवारी मनोनयनको तयारी गरेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि कोइरालाको प्यानलबाटै लड्ने तयारी गरे पनि मीनेन्द्रले दाबी नछाड्दा उनी पर्न सकेनन् । 

संस्थापन इतरबाट प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । 

प्रकाशमानको टीममा सुजाता उपसभापतिको उम्मेदवार छिन् । अन्य पदाधिकारीको भने टुंगो लागेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्