
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको साथ डा. शेखर कोइराला नेतृत्वको प्यानललाई रहने भएको छ ।
नेता पौडेल निकटका नेताहरूलाई समेत समेटेर शेखरले प्यानललाई अन्तिम रूप दिएको कांग्रेस स्रोतले जनाएको छ ।
शेखरको प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार बन्ने भएका छन् ।
यस्तै महामन्त्रीमा प्रभावशाली युवा नेता गगन थापा र मीनेन्द्र रिजाल उम्मेदवार बन्ने पक्का भएको छ ।
सहमहामन्त्रीमा खुलातर्फ देवराज चालिसे, महिलामा कमला पन्त, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, मधेशीबाट रामकृष्ण यादव, थारुबाट तेजुलाल चौधरी, आदिवासी जनजातिबाट विकास लामा र अल्पसंख्यकबाट वकिल मिया उम्मेदवार बन्ने पक्कापक्की भएको छ ।
चालिसे र पन्त रामचन्द्र पौडेलसँग निकै नजिक रहँदै आएका नेता हुन् ।