०५ असार २०८३, शुक्रबार

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

मंसिर २५, २०७८
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका–३ गोठमारे बस्ने वर्ष ३४ का दुर्गाबहादुर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका–६ गजुलबाट घर फर्कने क्रममा लु६३प ९७२० नम्बरको मोटरसाइकल चालक गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष केसीले बताए ।

रोल्पा नगरपालिका–३ गोठमारेस्थित बाटोमा घरभन्दा २५० मिटर दक्षिणमा अचानक मोटरसाइकल दुर्घटना भएको प्रहरी निरीक्षक केसीले बताए । उनका अनुसार मोटरसाइकल बाटोमै पल्टिएको र मृतक गिरी बाटोभन्दा करीब ५० मिटर तल पल्टिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

कच्ची बाटोका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्