२९ जेठ २०८३, शुक्रबार

रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मंसिर २५, २०७८
रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–३, गोठमारे बस्ने वर्ष ३४ का दुर्गाबहादुर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

रोल्पा सुनिल स्मृति गाउँपालिका–६, गजुलबाट घर फर्कने क्रममा लु ६३ प ९७२० नम्बरको मोटरसाइकल चालक गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक सन्तोष केसीले बताए । 

रोल्पा नगरपालिका–३, गोठमारेस्थित बाटोमा घरभन्दा २५० मिटर दक्षिणमा अचानक मोटरसाइकल दुर्घटना भएको प्रहरी निरीक्षक केसीले बताए । 

उनका अनुसार मोटरसाइकल बाटोमै पल्टिएको र मृतक गिरी बाटोभन्दा करीब ५० मिटर तल पल्टिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयले बताएको छ । 

कच्ची बाटोका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्