०६ असार २०८३, शनिबार

मुग्लिन–नारायणगढ सडकखण्डमा एकसाथ दुई ठाउँमा पहिरो, यातायात अवरुद्ध

कात्तिक २०, २०७४
मुग्लिन–नारायणगढ सडकखण्डमा एकसाथ दुई ठाउँमा पहिरो, यातायात अवरुद्ध

चितवन, १३ असार– मुग्लिन–नारायणढ सडक खण्डमा एकसाथ दुई ठाउँमा पहिरो गएको छ ।

सडक खण्डको टोपेखोला र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको हो । पहिरोका कारण यातायात ठप्प भएको छ ।

एकैसाथ दुईठाउँमा पहिलो गएपछि पहिरो पन्छाउन केही समय लाग्ने मुग्लिन–नारायणगढ सडक विस्तार आयोजनाले जनाएको छ ।

सडकमा खसेको पहिरो पन्छाउन आयोजनाको डोजर परिचालन गरिएको छ । तर पहिलो खस्ने क्रम भने रोकिएको छैन ।

यसअघि विहान ७ बजे गएको पहिरो पन्छ्याएर केहीबेर यातायात सञ्चालनमा आएपनि पुनः पहिरो जाँदा यात्रुहरु अलपत्र परेका छन् । बर्षासँगै पहिरो जाने क्रम जारी रहेकाले आयोजनाले यात्रुहरुलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्