०७ असार २०८३, आइतबार

पुस महिनामा तरलता अभावको समस्या थप बढ्ने

मंसिर २६, २०७८
पुस महिनामा तरलता अभावको समस्या थप बढ्ने

आगामी पुस महिनामा तरलता अभावको समस्या थप बढ्ने बैंकहरूले अनुमान गरेका छन् । पुसलाई कर तिर्ने महिनाका रूपमा पनि लिइन्छ । यस महिनामा उद्योगी, व्यापारी तथा स्वयम् बैंक वित्तीय संस्थाहरूले नै ठूलो रकम करबापत सरकारलाई भुक्तानी गर्छन्, फलस्वरूप पुसमा तरलता अभाव थप बढ्ने बैंकहरूको अनुमान छ ।

सरकारलाई कर तिर्दैमा तरलता अभाव हुने भन्ने त होइन । तर, यसपालि आर्थिक वर्षको शुरू अर्थात् साउनदेखि नै तरलता अभाव भइरहेको छ । तत्काल निक्षेप आउने स्रोत पनि कुनै छैन । त्यो अवस्थामा बैंकिङ प्रणालीबाट अर्बाैं रुपैयाँ सरकारी खातामा जाँदा तरलतामा थप चाप पर्ने बैंकहरूको अनुमान छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले पुस महीना तरलतामा थप चाप पर्न सक्ने बताए । आजको आर्थिक अभियान दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्