२३ असार २०८३, मंगलबार

कट्रिना कैफ र विकी कौशलको विवाहका तस्वीरहरू भाइरल

मंसिर २६, २०७८
कट्रिना कैफ र विकी कौशलको विवाहका तस्वीरहरू भाइरल

बलिउड अभिनेताहरू विकी कौशल र कट्रिना कैफको विवाहका तस्वीरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । 

बिहीवार उनीहरूले राजस्थानको सवाई माधोपुरस्थित सिक्स सेन्सेस किला बरवाडामा विवाह गरेका हुन् । निकै गोप्य तरिकाले विवाह समारोह सम्पन्न गरिएको थियो । आमन्त्रितहरूलाई सववाह समारोहको खुलासा नगर्ने शर्तमा हस्ताक्षर गर्न लगाइएको थियो र मोबाइल फोन लैजान दिइएको थिएन ।

विवाहपछि कट्रिना र विकीले हल्दी समारोहको तस्वीर सार्वजनिक गरेका छन् । दुवैजना पहेंलपुर भएर निकै खुशी हुँदै एकअर्कालाई हेरिरहेको तस्वीरहरू भाइरल भएका छन् । 

आफ्नो सामाजिक सञ्जालमा उनीहरूले तस्वीर राखेपछि प्रशंसकहरूले हार्ट इमोजीका साथ कमेन्ट गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्