०२ असार २०८३, मंगलबार

वर्षको अन्तिम सेल अभियान दराज १२.१२ शुरू – भौचर, मेगा डिलको सुविधासहित धेरै अफर पाइने

मंसिर २६, २०७८
वर्षको अन्तिम सेल अभियान दराज १२.१२ शुरू – भौचर, मेगा डिलको सुविधासहित धेरै अफर पाइने

दराज नेपालले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ ।

अभियान २४ मंसिर मध्यरात (११ डिसेम्बर)मा शुरू भएको छ । 

यस वर्षको ११.११ अभियानको सफलता पछि कम्पनीले यसको घोषणा गरेको हो ।

१२.१२ मा दराज उपभोक्ताहरुले विशेष छुट, ४ हजार रुपैयाँको मेगा भौचर र बैंक कार्ड मार्फत १०% (अधिकतम रु. २०००) सम्मको थप छूट्को लाभ उठाउन सक्नेछन् ।

यस अभियानमा सनराइज बैंक, एनएमबि बैंक, बैंक अफ काठमाडौँ, सिटिजन्स बैंक र एभरेष्ट बैंकका कार्ड धारकहरूले क्रेडिट कार्ड मार्फत १०% (अधिकतम रु. २०००) र डेबिट कार्ड मार्फत १०% (अधिकतम रु. १,०००) प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, ग्राहकहरूले अभियान अवधिभर आफ्नो ईसेवा र आईएमई–पे वालेट मार्फत भुक्तानी गर्दा सीमित समयभित्र १०% (अधिकतम रु ५००) सम्मको विशेष छुट पनि प्राप्त गर्न सक्नेछन्।

यस वर्षको १२.१२ मा फिलिप्स, सामसंग, लेनोभो, एर्क, लोट्टो, सीजी डिजिटल साथै अन्य धेरैका उत्पादनहरूमा ६०% सम्मको छुट रहेको कम्पनीले जनाएको छ।

यसबाहेक ग्राहकहरूले फ्याशन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरू जस्ता विभिन्न वर्गहरूमा फैलिएका १३ लाखभन्दा बढी उत्पादनहरूमा पनि विशेष डिल र अफरहरू पनि प्राप्त गर्न सक्नेछन्।

कम्पनीको अनुसार दराज १२.१२ एक बिक्री–संचालित अभियान मात्र नभई देशभरका आफ्ना सारा ग्राहकहरूलाई वर्षभरिको अपार विश्वास र वफादारीका लागि धन्यवाद व्यक्त गर्ने एउटा माध्यम हो।

'११.११, दराज र यसका सबै साझेदारहरूको लागि एक रेकर्ड–ब्रेकिङ अभियान थियो। हामी यस्तो कीर्तिमान हासिल गर्न पाउँदा हामी धेरै खुसी छौं। र यो सफलता देशभरका हाम्रा सबै ग्राहकहरूको माया र समर्थन बिना सम्भव हुने थिएन।  हामी अब एउटा अन्तिम अभियान – १२.१२ को साथ २०२१ समेट्न चाहन्छौं। हामी हाम्रा ग्राहकहरूलाई फेरि थप अफरहरु प्रदान गर्न पाउँदा धेरै खुसी छौं। साँच्चैनै यो धेरै रोमाञ्चक छ', दराज नेपालका एमडी लिनो अलरिङ्गले भने । 

अभियानको अतिरिक्त हाइलाइटहरू मद्दे रहेको छ एक खेल एक रुपैयाँको जसमा ग्राहकहरूले केवल एक रुपैयाँमा श्री बालाजीको हिराको टप, एन्या गितार, रियलमि नार्जो, हाई ग्राउण्ड एडभेन्चर जिपलाइन र बन्जी, वर्ल्ड लिंक ३०० एमबिपीएसको १२ महिना टिभी र इन्टरनेट जस्ता पुरस्कारहरू जित्ने मौका पाउनेछन्। सहभागी हुनको लागि ग्राहकहरूले डेबिट/क्रेडिट कार्ड वा आईएमई–पे मार्फत रु १ पूर्व–भुक्तानी गर्नुपर्छ। र यदि ग्राहकहरूले नजितेमा, रकम पुरा फिर्ता गरिने कम्पनीले जनाएको छ।

त्यस्तै, नयाँ दराज प्रयोगकर्ताहरूले १२.१२ मा किनमेल गरे बापत रियलमी ८ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन्। केवल दराजमा साइन अप गरि दराजमा आफ्नो पहिलो अर्डर राखे बापत प्रयोगकर्ताहरू स्मार्टफोन जित्नको लागि योग्य हुने कम्पनीले जनाएको छ  ।

साथै  १२.१२ मा किनमेल गर्ने ग्राहकहरूले मेगा–गिभवे अन्तर्गत बाल्ट्राको फ्रन्ट लोडिङ १० केजी वाशिङ मेसिन जित्ने मौका पाउने कम्पनीको भनाइ छ । 

 


 

salt training

कमेन्ट गर्नुहोस्