१३ असार २०८३, शनिबार

चीनले बनाउँदैछ हाइपरसोनिक यात्रुवाहक जहाज, १ घन्टामा संसारको जुनसुकै कुनामा पुगिने

मंसिर २६, २०७८
चीनले बनाउँदैछ हाइपरसोनिक यात्रुवाहक जहाज, १ घन्टामा संसारको जुनसुकै कुनामा पुगिने

चीनले १२ हजार माइल प्रतिघन्टामा उड्ने हाइपरसोनिक विमान बनाइरहेको छ । त्यस विमानले १० जना यात्रुलाई संसारको कुनै पनि कुनामा एक घन्टाभित्र पुर्‍याउँछ । 

कुल १४८ फीट लामो विमान बोइङ ७३७ भन्दा लगभग एकतिहाइ लामो छ र कोनकोर्डको जस्तै डेल्टा विंग यसमा छ ।

सन् २०३५ सम्म यस विमानको जत्था तयार पार्ने चिनियाँ अधिकारीहरूको विश्वास छ । सन् २०४५ सम्म यस विमानले १०० जना यात्रुलाई बोक्न सक्छ । 

यसको जटिल डिजाइनका कारण विमान ध्वनिको गतिभन्दा पाँच गुणा बढी गतिमा उड्छ । 

यसअघि चीनले आणविक क्षमता भएको दुईवटा हाइपरसोनिक भेहिकल परीक्षण गरेको गुप्तचर स्रोतहरूले जानकारी दिएका छन् । त्यसले अमेरिकाको क्षेप्यास्त्र प्रतिरोधी प्रणालीलाई बेकामे बनाइदिने भएकाले अमेरिका तर्सेको छ ।
 

कमेन्ट गर्नुहोस्