
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भृकुटीमण्डप पुगेर महाधिवेशन प्रतिनिधिसँगै मेसमा खाना खाएका छन् ।
भावी सभापतिका लागि समेत प्रतिस्पर्धी रहेका देउवाले मेसमा पुगेर प्रतिनिधिसँगै खाना खाएका हुन् । यसलाई देउवाको चुनावी रणनीतिका रूपमा हेरिएको छ ।
कांग्रेसको भावी नेतृत्व चयनका लागि भोलि बिहान ८ बजेबाट मतदान हुँदैछ । देउवा प्रतिनिधिसँग भोट माग्नका लागि महाधिवेशनस्थल पुगेका हुन् ।