०४ साउन २०८३, सोमबार

ताइवानको पक्षमा लड्न आउने अमेरिकी सैनिकहरूमाथि आक्रमण गर्ने चीनको दाबी

मंसिर २६, २०७८
ताइवानको पक्षमा लड्न आउने अमेरिकी सैनिकहरूमाथि आक्रमण गर्ने चीनको दाबी

युद्धको स्थितिमा ताइवानको प्रतिरक्षा गर्नका लागि पठाइने अमेरिकी सैनिकहरूमाथि चिनियाँ सैनिकले गोली हान्ने चीनको सरकारी सञ्चारमाध्यमले दाबी गरेको छ । 

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले ताइवानमाथि चिनियाँ आक्रमण कदापि हुन नदिने बताएलगत्तै ग्लोबल टाइम्सले यस्तो चुनौती दिएको हो । 

ताइवानको प्रतिरक्षा गर्ने खर्च अमेरिकाले बेहोर्न नसक्ने भएकाले यस्ता धम्कीहरू विश्वसनीय नभएको पनि ग्लोबल टाइम्सले लेख्यो । सलिभानलाई आफ्नो ठूलो मुख बन्द गर्न र अमेरिकाको थप बेइज्जत नगर्न पनि पत्रिकाले लेखेको छ । 

चीनले शुक्रवार ताइवानको हवाईक्षेत्र नजिक १३ वटा युद्धविमानहरू पठाएको छ । तीमध्ये आठवटा लडाकू विमान हुन् भने दुईवटा आणविक बमवर्षक विमान हुन् । 

‘ताइवानलाई जस्तो मूल्य चुकाएर भए पनि प्रतिरक्षा गर्ने अमेरिकाको दाबीलाई कसैले पनि विश्वास गर्दैन,’ ग्लोबल टाइम्सले लेख्यो । अमेरिकी सैनिकहरूलाई ताइवान पठाएर निवारकको काम गर्ने विश्वास अमेरिकाले लिएको भए पनि उनीहरू आक्रमणको निशानामा पर्ने ग्लोबल टाइम्सको सम्पादकीयमा लेखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्