![भीम रावललाई नसमेटी ओलीले प्रस्ताव गरे ४५ सदस्यीय स्थायी कमिटी, घनश्यामचाहिँ अटाए [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/oli-rawal_kr0R9GCeN2.jpg)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी गठनका लागि नाम प्रस्ताव गरेका छन् ।
भक्तपुरमा जारी एमालेको केन्द्रीय समिति बैठकमा ओलीले पदाधिकारीमा नअटाएका शीर्ष नेताहरूलाई समेटेर स्थायी कमिटी गठनका लागि नाम प्रस्ताव गरेका हुन् ।
स्थायी कमिटीका लागि प्रस्तावित सूचीमा एमाले अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका भीम रावलको नाम छैन । तर, ओलीले उपाध्यक्षमा प्रतिस्पर्धा गरेका घनश्याम भुसाललाई भने स्थायी कमिटीमा समेटेका छन् ।
पदाधिकारीका अलावा शेरबहादुर तामाङदेखि भानुभक्त ढकालसम्मका नेता स्थायी कमिटीमा परेका छन् ।
हेर्नुहोस्, सूची :
– केपी शर्मा ओली
– ईश्वर पोखरेल
– अष्टलक्ष्मी शाक्य
– सुरेन्द्र पाण्डे
– सुवासचन्द्र नेम्वाङ
– विष्णु पौडेल
– युवराज ज्ञवाली
– रामबहादुर थापा
– शंकर पोखरेल
– पृथ्वीसुब्बा गुरुङ
– प्रदीप ज्ञवाली
– विष्णुप्रसाद रिमाल
– गोकर्ण विष्ट
– छविलाल विश्वकर्मा
– टोपबहादुर रायमाझी
– पद्मा अर्याल
– योगेश भट्टराई
– रघुवीर महासेठ
– लेखराज भट्ट
– घनश्याम भुसाल
– गुरु बराल
– देवराज घिमिरे
– भीम आचार्य
– लालबाबु पण्डित
– खगराज अधिकारी
– किरण गुरुङ
– काशीनाथ अधिकारी
– रघुजी पन्त
– भानुभक्त ढकाल
– मणिचन्द्र थापा
– शेरधन राई
– कृष्णगोपाल श्रेष्ठ
– यमलाल कँडेल
– अग्नि खरेल
– प्रभु साह
– डा. राजन भट्टराई
– सीता पौडेल
– बिन्दा पाण्डे
– गोरखबहादुर बोगटी
– कर्णबहादुर थापा
– राजेन्द्र गौतम
– थममाया थापा
– शेरबहादुर तामाङ
– शिवमाया तुम्वाहाङ्फे
– हिक्मत कार्की