
पछिल्लो २४ घण्टामा २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६८२ नमूना परीक्षणमध्ये २४२ पीसीआर र १२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ५५४ पुगेको छ ।
मन्त्रालयका अनुसार थप २३४ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ६ हजार ६८२ पुगेको छ ।
हाल मुलुकभर ५ हजार ८९० सक्रिय संक्रमित छन् ।