०४ असार २०८३, बिहीबार

जापानी वैज्ञानिकहरूले बनाएर अस्ट्रिचको अण्डाबाट मास्क, भाइरस आएमा चम्किन्छ

मंसिर २६, २०७८
जापानी वैज्ञानिकहरूले बनाएर अस्ट्रिचको अण्डाबाट मास्क, भाइरस आएमा चम्किन्छ

जापानको क्योटो प्रिफेक्चरल विश्वविद्यालयका अनुसन्धाताहरूले कोरोनाभाइरस पत्ता लगाउने मास्क बनाएका छन् । 

यो मास्क अस्ट्रिचको एन्टीबडीको उपयोग गरेर बनाइएको हो । यसले कोरोनाको सस्तो परीक्षणलाई प्रोत्साहन गर्नेछ । 

मास्कमा अस्ट्रिचको एन्टीबडी फिल्टरको एउटा पत्र छ जसले कोरोनाभाइरसलाई तारो बनाउनेछ । 

चराहरूमा बलियो रोगप्रतिरोधक क्षमता हुने अनुसन्धानबाट पत्ता लागेपछि यो मास्क बनाइएको हो । 

मानिसहरू भाइरसबाट संक्रमित भएमा यो मास्कमा रहेको अस्ट्रिच एन्टीबडीको पत्र नाक र मुखतल चम्किन थाल्छ । 

कोरोनासंक्रमित मानिसहरूलाई यो मास्क आठ घन्टासम्म लगाउन दिइएको थियो । पछि उनीहरूको मास्कको फिल्टर हटाइयो र त्यसमा एउटा रसायन स्प्रे गरियो । कोरोनाको संक्रमण भएको फिल्टरमा रंगीन प्रकाश टल्किएको थियो । 

मास्क लगाउने सबै कोरोनासंक्रमितको फिल्टर चम्किएको अनुसन्धाताहरूले बताए । 

लक्षणसहितको र लक्षण नभएको कोरोनासंक्रमितहरूको भाइरस पनि मास्कले पत्ता लगाउन सक्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्