२९ जेठ २०८३, शुक्रबार

देउवाले हारे आगामी निर्वाचनमा समेत असर पुग्छः सिटौला

मंसिर २६, २०७८
देउवाले हारे आगामी निर्वाचनमा समेत असर पुग्छः सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापतिमा शेरबहादुर देउवाले हार्दा आगामी निर्वाचनमा समेत असर पर्ने भन्दै देउवालाई जिताउनुपर्ने आवश्यकता रहेको बताएका छन् । आइतवार १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पक्षको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले सभापतिमा देउवालाई मत हाल्न आग्रह गरेका हुन् । उनले देउवाकै नेतृत्वमा आगामी निर्वाचनमा जानुपर्ने र सभापतिमा हारेको प्रधानमन्त्री निर्वाचनमा जाँदा मनोवैज्ञानिक रुपमा असर पर्ने भएकाले पार्टीको मनोबललाई उच्च बनाउनका लागि देउवालाई जिताउनैपर्ने बाध्यात्मक अवस्था रहेको बताए ।

एक व्यक्ति दुई कार्यकाल पार्टी सभापति हुनसक्ने व्यवस्था विधानमै भएको भन्दै उनले देउवालाई जिताउनुपर्ने बताए ।
नेता सिटौलाले शेरबहादुर देउवा नेतृत्वको सम्पूर्ण प्यानललाई नै मत दिएर विजयी बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गरे । देउवालाई सभापतिमा जिताएर उत्साहित प्रधानमन्त्री लिएर निर्वाचनमा जानुपर्नेमा उनको जोड छ ।

salt training

कमेन्ट गर्नुहोस्