×

NMB BANK
NIC ASIA

घरजग्गा कारोबार अझै अस्तव्यस्त

मंसिर २७, २०७८

NTC
Premier Steels

घरजग्गा कारोबार अझै अस्तव्यस्त देखिएको छ । त्यस्तो कारोबारलाई डिजिटल गराई कडा रूपमा नियमन गर्न नसक्दा सरकारले ठूलो राजस्व पनि गुमाइरहेको छ ।

Muktinath Bank

सरकारी निकायबाट विभिन्न समयमा गरिएका अध्ययन÷प्रतिवेदनहरूले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न नसक्दा राज्यले ठूलो मात्रामा राजस्व गुमाइरहेको देखाएको थियो । राजस्व बोर्ड, महालेखा परीक्षकको पछिल्ला प्रतिवेदनहरूले त्यस्तो कारोबार कम्पनी मोडलबाट हुनुपर्ने र सबै कारोबारको विवरण डिजिटल राखिनुपर्ने बताएका थिए । तर, अहिलेसम्म सरकारी तवरबाट त्यससम्बन्धमा परिणाममुखी कुनै कामै भएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल राजस्व परामर्श समितिको हालैको प्रतिवेदनअनुसार घरजग्गाको क्षेत्र नेपालको अर्थतन्त्रमा योगदान पु¥याउने अग्रणी क्षेत्रहरूमध्ये एक हो । आर्थिक वर्ष २०७६/७७ को कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान ११ प्रतिशत रहेको थियो । तथापि यो क्षेत्र सबैभन्दा अनौपचारिक क्षेत्रका रूपमा रहँदै आएको छ । प्रतिवेदनमा भनिएको छ, ‘नेपालमा घरजग्गाको मूल्य अत्यन्तै अस्थिर रहने गरेको छ, जसको निर्धारण मुख्यतः स्थानीय अनधिकृत जग्गा दलालहरूबाट हुने गर्छ ।’


Advertisment
Nabil box
Kumari

प्रतिवेदनमा सरकारले अपेक्षाकृत रूपमा यस क्षेत्रलाई नियमन गर्न नसकेको उल्लेख छ । घरजग्गाको कारोबारमा वास्तविक कारोबार रकम लुकाउने प्रवृत्ति बढ्दै जाँदा देशले निकै ठूलो राजस्वसमेत गुमाउन परिरहेको प्रतिवेदनमा उल्लेख छ ।

Vianet communication

अध्ययनका क्रममा अवास्तविक कारोबार अंक देखाएर कम कर लाग्ने गरी कर छल्ने अभ्यास अत्यधिक रहेको फेला परेको छ । घरजग्गा बजार व्यवस्थित र नियमित रहेका विकसित देशहरूमा भने घरजग्गा कारोबारसम्बन्धी अभ्यास र मूल्य सरकार वा नियमन गर्ने निकायले नै वैज्ञानिक रूपले निर्धारण गर्ने र त्यसलाई सबै सरोकारवालाहरूले पालना गर्ने गरेको देखिन्छ । त्यसैले नेपालमा पनि क्षेत्रगत समस्या पहिचान गर्न तथा यस क्षेत्रलाई एजेन्सीमार्फत करको दायरामा ल्याउन अध्ययन दलले सुझाव दिएको थियो ।

महालेखाको ५८औं प्रतिवेदनले घरजग्गा कारोबारीलाई कडा नियमन गरी बीचको बिचौलियामार्फत हुने कारोबारीलाई रोक्न सरकारलाई भनेको थियो । तर, यस क्षेत्रलाई व्यवस्थित गराउन भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले ठोस खालको कुनै नीतिगत निर्णय गरेका छैनन् ।

गतवर्ष भूमि व्यवस्था मन्त्रालयले व्यक्तिमार्पmत घरजग्गा खरीदविक्री गर्दा कर तथा राजस्व छली हुनुका साथै ठगीका घटना बढेको भन्दै ‘कम्पनी’मार्पmत मात्रै किनबेचको व्यवस्था गर्ने गरी आन्तरिक तयारी गरेको थियो । अहिले त्यसबारे कुनै प्रगति नभएको मन्त्रालयका अधिकारीहरू स्वीकार्छन् ।

मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गा किनबेचका लागि भूमि बजार ‘ल्यान्ड मार्केट’ स्थापना गरी आधिकारिक निकाय तोकिने गरी छलफल भए पनि टुंगोमा पुग्न नसकिएको बताए । उनका अनुसार जग्गा किन्ने, विक्री गर्ने मान्यताप्राप्त निकायबाहेक व्यक्तिले व्यक्तिलाई जग्गा विक्री गर्न नपाउने गरी ल्यान्ड मार्केटको छलफल गरिएको थियो । तर, त्यो छलफल निष्कर्षमा अझै पुगेको छैन ।

पछिल्लो समय घरजग्गाको कारोबारबाट सरकारले गर्ने आम्दानी घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालू आर्थिक वर्षको पछिल्लो ३ महीनामा नै करीब ३ अर्ब रुपैयाँले घरजग्गा कारोबारबापत आउने राजस्व घटेको छ ।

गत साउन महीनामा सेवा कर, रजिस्ट्रेशन दस्तुर र पूँजीगत लाभकरसमेत गरी कुल राजस्व ८ अर्ब १३ करोड ४१ लाख ६१ हजार रुपैयाँ प्राप्त भएको थियो । तर, कात्तिकसम्म आइपुग्दा यो घटेर ५ अर्ब ४९ करोड ५१ लाख ८३ हजार रुपैयाँमा झरेको छ । साउन महीना र कात्तिक महीनाको तुलना गर्ने हो भने कारोबार संख्यामा पनि निकै कमी आएको छ । विभागका अनुसार साउन महीनामा लिखत पारित ७५ हजार ४ सय १५ ओटा भएको थियो भने नामसारी ४ हजार ५ सय ३३ ओटा भएका थिए । कात्तिकमा घटेर लिखत पारित ५ हजार ८३ मा खुम्चिएको छ भने नामसारी पनि ३ हजार ३ सय २८ ओटामात्रै भएका छन् । आर्थिक अभियान दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x