२३ असार २०८३, मंगलबार

भारतकी हरनाज सन्धु बनिन् यस वर्षकी मिस युनिभर्स

मंसिर २७, २०७८
भारतकी हरनाज सन्धु बनिन् यस वर्षकी मिस युनिभर्स

भारतको चण्डीगढकी हरनाज सन्धु इजरायलमा आयोजित मिस युनिभर्सकी विजेता बनेकी छन् ।

भारतले २१ वर्षपछि मिस युनिभर्स जितेको हो । सुष्मिता सेन र लारा दत्तापछि मिस युनिभर्स बन्ने उनी तेस्री भारतीय महिला हुन् । 

हरनाजले सुनौलो स्लीभलेस गाउन लगाएर मिस युनिभर्सको हीराजडित क्राउन पहिरेकी छन् । 
 

अघिल्लो वर्षकी मिस युनिभर्स मेक्सिकोकी आन्द्रिया मेजाले उनलाई ताज पहिर्‍याएकी थिइन् । 

प्याराग्वे दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा आएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्