०७ असार २०८३, आइतबार

शौर्य सिमेन्टले पायो ५३  ग्रेडको मान्यता

मंसिर २७, २०७८
शौर्य सिमेन्टले पायो ५३  ग्रेडको मान्यता

उदयपुरको चुनढुंगाबाट उत्पादित शौर्य सिमेन्ट ५३ ग्रेडबाट  सम्मानित भएको छ ।

भर्खरै नेपाली बजारमा आगमन गरेको यस सिमेन्टले सानो समयमै यो उपलब्धी हात पार्न सफल भएको हो । 

यसै अवसरमा शौर्य सिमेन्टले पौष मसान्तसम्म आफ्नो सबै ग्राहकहरुलाई ४३ ग्रेडको मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्द गराउने भएको छ ।    

सिरहा जिल्लाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट ओ पि सी , पि एस सी सिमेन्टहरु उत्त्पादन गर्दछ ।

आगामी दिनमा पीपीसी र लो अल्काली सिमेन्टको उत्पादन प्रक्रियामा  रहेको एस उद्योगले नेपालमै पहिलो पल्ट लो अल्काली  सिमेन्टको उत्पादन गर्ने पहिलो सिमेन्ट उद्योग रहेको छ।

जसमध्य लो अल्कली सिमेन्ट उत्त्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्पनी रहेको छ । यसले दैनिक ७०,००० बोरा सहित ३५०० मेट्रिकटन उत्त्पादनको क्षमता राख्दछ जसले देशभरिको बजार माग सजिलै धान्न सक्दछ ।  

शौर्य सिमेन्ट इण्डनष्टिजले सिमेन्ट उत्पादनमा गुणस्तरीय कच्चा पदार्थको प्रयोग गर्दछ । यसको मुख्य कच्चा पदार्थको स्रोत उदयपुर को सुन जस्तो चुनढुंगा रहेको छ । यस चुनढुंगामा अलुमिनियम र मग्नेसियमको मात्रा एकदम कम रहेको हुनाले यसबाट उत्पादित क्लिन्कर उच्च गुणस्तरको रहने पाइन्छ । यसलाई उत्खनन्  गरि फोर्थ जेनेरेसन सेपरेटरको सहयातामा  सर्वोत्कृष्ट गुणस्तरको  सिमेन्टमा रुपान्तरण गरिन्छ ।

कमेन्ट गर्नुहोस्