०८ साउन २०८३, शुक्रबार

फोटो खिच्ने बेला प्रहरीले दुर्व्यवहार गरेको भन्दै पत्रकारहरूले गरे ‘क्यामरा डाउन’

मंसिर २७, २०७८
फोटो खिच्ने बेला प्रहरीले दुर्व्यवहार गरेको भन्दै पत्रकारहरूले गरे ‘क्यामरा डाउन’

प्रधानमन्त्री शेरबहादुर देउवालगायत कांग्रेसका सभापतिका उम्मेदवारहरूले मतदान गरेको तस्वीर तथा भिडियो खिच्न नपाएको भन्दै पत्रकारहरूले ‘क्यामरा डाउन’ गरेका छन् । 

फोटो–भिडियो खिच्ने क्रममा प्रहरीले बाहिर जान भन्दै  दुर्व्यवहार गरेको पत्रकारहरूले आरोप लगाएका छन् । प्रहरीले हातपात गर्दै फोटो खिच्न नदिएर बाहिर निकालेपछि विरोध जनाएको पत्रकारहरूको भनाइ छ । 

अहिले क्यामरा भुइँमा राखेर विरोध जनाएका छन् । उनीहरूले माफी मागेर सहज व्यवस्था नगरेसम्म महाधिवेशन बहिष्कार गर्ने चेतावनी पनि दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्