०८ असार २०८३, सोमबार

शेयरबजारबारे प्रचण्डको टिप्पणी उनैलाई ‘ब्याकफायर’

मंसिर २७, २०७८
शेयरबजारबारे प्रचण्डको टिप्पणी उनैलाई ‘ब्याकफायर’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेयरबजारबारे गरेको नकारात्मक टिप्पणी उनैलाई ‘ब्याकफायर’ भएको छ । 

शनिवार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उनले पुँजीको लगानी पुँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पुँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका थिए । 

शेयर बजार विरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि अध्यक्ष प्रचण्डको सचिवालयले यसबारे धारणा सार्वजनिक गरेको छ । 

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले प्रचण्डले मन्तव्यका क्रममा राखेको सैद्धान्तिक विषय एकदम सही भएको बताए । 

उनले अहिलेको नेपाली पुँजी/शेयर बजारमा लगानीकर्ताको लगानी संरक्षण गर्न, त्यसमा अझ बढी साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका हुन् । स्वकीय सचिव मल्लले साना लगानीकर्ताको हित र उनीहरूको लगानीको सुरक्षाका लागि पार्टीले सचेत पहल र प्रयत्न गर्ने स्पष्ट पारे । 

उनले  कोही पनि भ्रमित हुन र यस विषयलाई अनावश्यक राजनीतिक मुद्दा बनाउनुको कुनै तुक नभएको उल्लेख गरे । रासस

salt training

कमेन्ट गर्नुहोस्