३० जेठ २०८३, शनिबार

९० को दशकमा ट्याक्सी चलाएको पुटिनले गरे खुलासा

मंसिर २७, २०७८
९० को दशकमा ट्याक्सी चलाएको पुटिनले गरे खुलासा

रुसका सञ्चारकर्मीहरूसँग हालै गरेको कुराकानीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् १९९० को दशकमा ट्याक्सी चलाएको खुलासा गरेका छन् ।

आफूलाई आर्थिक समस्या परेपछि पेट पाल्न ट्याक्सी चलाएको उनको भनाइ छ । 

आफूलाई यसबारेमा कुरा गर्न मन नलागेको उनले बताए । रिसेन्ट हिस्ट्री शीर्षकको वृत्तचित्रका फूटेजहरू शेयर गर्दै पुटिनले यो बयान दिएका हुन् । उक्त वृत्तचित्रले रुसको विगत तीन दशकको इतिहास बताएको छ । 

सन् १९९१ मा सोभियत संघको पतन भएपछि आएका अव्यवस्थाहरूदेखि लिएर पुटिनको नेतृत्वमा आधुनिक रुसको विकाससम्मलाई वृत्तचित्रमा अटाइएको छ । 

विगत चार वर्षदेखि निर्माण गरिएको यो वृत्तचित्र आइतवार सार्वजनिक गरिएको हो ।

वृत्तचित्रमा पुटिनले अर्को एक विस्फोटक खुलासा पनि गरेका छन् । सन् १९९० को दशकमा रुस सरकारको सल्लाहकारका रूपमासी आईएका एकजना एजेन्टले काम गरेको जानकारी उनले दिए । 

बिहीवार मानवअधिकारविद्हरूसँग कुरा गर्दै पुटिनले सन् १९९० को दशकमा अमेरिकाका गुप्तचर एजेन्टहरू रुसको सत्तामा प्रवेश गरेको अनि आफू राष्ट्रपति बनेपछि उनीहरूलाई सफाया गरेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्