
नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा दिउँसो २ बजेसम्म ६०० मत खसेको छ ।
एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ ।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरूले मतदान गरिसकेका छन् ।
मध्यान्ह १२ बजेदेखि शुरू भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह, उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेता डा. रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले मतदान गरिसकेका छन् ।
अन्य नेता भने भोट हाल्न लामबद्ध छन् ।