०६ असार २०८३, शनिबार

पहिलो चरणमै देउवा सभापति निर्वाचित हुनुहुन्छ- बालकृष्ण खाण

मंसिर २७, २०७८
पहिलो चरणमै देउवा सभापति निर्वाचित हुनुहुन्छ- बालकृष्ण खाण

गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुने दाबी गरेका छन् । 

सभापतिका लागि दोस्रो चरणको मतदान गर्नुपर्ने अवस्था नआउने उनले दाबी गरेका हुन् । 

कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारसँग कुरा गर्दै खाणले देउवा सभापतिमा दोहोरिने बताएका हुन् । ‘सभापतिमा पहिलो चरणमै देउवा विजयी हुनुहुन्छ, दोस्रो चरणमा जानु पर्दैन,’ खाणले भने । 

विमलेन्द्र निधिको उम्मेदवारीले देउवालाई असर नपरेको उनले दाबी गरे । खाणले व्यवस्थापकीय कमजोरीका कारण मतदान ढिला भएको बताए । 

कांग्रेस महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान चलिरहेको छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्