०९ साउन २०८३, शनिबार

युक्रेनमा रुसले आक्रमण गर्न लागेको भनी झूटो हल्ला फैलाइएको पुटिनको आरोप

मंसिर २७, २०७८
युक्रेनमा रुसले आक्रमण गर्न लागेको भनी झूटो हल्ला फैलाइएको पुटिनको आरोप

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको भूमिमा रुसले कब्जाको योजना बनाएको आरोपको खण्डन गरेका छन् । 

बेलायत र उसका साझेदारहरूले रुसको दानवीकरण गरेको पनि उनले बताए । 

रुसले युक्रेनमाथि आक्रमण गरेमा रुसले ठूलो परिणाम बेहोर्नुपर्ने भनी जी७ मुलुकका मन्त्रीहरूले चेतावनी दिएकोमा पुटिनले जवाफ फर्काएका हुन् । 

पुटिनका आधिकारिक प्रवक्ता दिमित्री पेस्कोभले बेलायत तथा उसका साझेदारहरू रुसलाई थप दानवीकरण गर्ने उद्देश्यका साथ यस्ता झूटा हल्लाहरू फैलाइरहेको बताए । 

अमेरिकाका गुप्तचर अधिकारीहरूले सन् २०२२ को आरम्भतिर रुसका एक लाख ७५ हजार सैनिकहरूले युक्रेनमाथि आक्रमण गर्न सक्ने अनुमान गरेका छन् । रुसका सैनिकहरू युक्रेनको सीमानजिक सैनिक, ट्यांक र आर्टिलरीका साथ तैनाथ गरिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्