२९ जेठ २०८३, शुक्रबार

कसले लियो भारतीय सेनाका उच्च अधिकारी विपिन रावतको हेलिकप्टर दुर्घटना अघिको भिडियो ?

मंसिर २७, २०७८
कसले लियो भारतीय सेनाका उच्च अधिकारी विपिन रावतको हेलिकप्टर दुर्घटना अघिको भिडियो ?

भारतीय सेनाका सर्वोच्च अधिकारी चिफ अफ डिफेन्स (सीडीएस) विपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएकै समयमा भिडियो लिने एक व्यक्तिको मोबाइल फरेन्सिक जाँचका लागि पठाइएको छ ।

दुर्घटना भएकै क्षेत्रमा लिइएको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भारतीय टेलिभिजनहरूले भिडियोलाई रिपिट गरी–गरी देखाएका थिए ।

कोयंबटूरका एक वेडिङ फोटोग्राफर आफ्नो परिवार र साथीहरूसँग निलगिरिस जिल्लाको कट्टेरी इलाकामा गएका थिए ।

उत्सुकतापूर्वक भारतीय सेनाको हेलिकप्टरको भिडियो आफूले लिएको र अरू कुरा थाहा नभएको उनले बताएको प्रहरीलाई उद्धृत गर्दै भारतीय मिडियाले खबर लेखेका छन् ।

उनले भिडियो लिएलगत्तै हेलिकप्टर दुर्घटना भएको थियो । भिडियोमा दुर्घटना हुँदै गरेको नदेखिए पनि हुनुभन्दा केही समय अगाडिको दृश्य कैद भएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्