भारतको औरंगाबादमा मुखिया पदका एक उम्मेदवारले आफ्नो पक्षमा भोट नपाएपछि मतदाताहरूमाथि दमन गरेका छन् ।
मतदाताहरूलाई उनले कुटपिट गरे अनि उठबस गर्न पनि लगाए । त्यतिले नपुगेर उनले मतदाताहलाई थुक चाट्न पनि लगाए ।
यो लज्जाजनक घटना कुटुम्बा प्रखण्डको हो ।
आरोपित व्यक्ति बलवंत कुमारले बिगहा गाउँमा गएर अनिल कुमार र मंजीतलाई यातना दिएका हुन् । उनले युवकहरूमाथि आपत्तिजनक भाषा पनि प्रयोग गरेका थिए ।
तर युवकहरूले रक्सी पिएर हंगामा गरिरहेकाले सजाय दिएको आरोपित कुमारको भनाइ छ ।
घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले कारवाही शुरू गरेको छ । औरंगाबादका एसपी कांतेश कुमार मिश्राको निर्देशनमा अंबा प्रहरीले बलवंत कुमारलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान चलिरहेको प्रहरीको भनाइ छ ।