
जर्मनमा एउटा विवाहित पुरुषको जालसाझीको पोल कारको ट्राफिक जरिवानाले खुलेको छ । वास्तवमा उनकी प्रेमिकाले उनको बीएमडब्ल्यू कार चलाइरहेकी थिइन् ।
तर, एक दिन उनको जरिवाना काटियो । गडबडी त तब भयो जब त्यो जरिवानाको चिट उनको पत्नीको हातमा पर्यो । चिटको फोटोमा प्रेमिकाको फोटो थियो ।
डेलिमेलको एक रिपोर्टका अनुसार एक ३६ वर्षीय जर्मन महिलालाई हालै ट्राफिक जरिवानाको सूचना दिइयो । कारको जरिवाना तीव्र गतिका कारण भएको थियो । तर, चिट देखेर महिला हैरान भई किनकि उनले कार नै चलाएकी थिइनन् । साथै उनीसँग लाइसेन्स पनि थिएन ।
यद्यपि जब महिलाले सूचना खोलेर हेरिन् तब एउटा युवतीको फोटो देखिन्, जसले त्यतिबेला कार चलाइरहेकी थिइन् । यी युवती अरू कोही नभएर उनकै पति रहेको खुल्यो ।
जब ती युवती बीएमडब्ल्यू कार चलाइरहेका बेला राजमार्गमा राखिएको स्पिड क्यामराले उनको तस्वीर लिएको थियो । किनकि तीव्र गतिमा उनले कार चलाइरहेकी थिइन् । ट्राफिक प्रहरीले युवतीको फोटोसँगै कार मालिकको घरमा सूचना पठाएको थियो । त्यसपछि ती पुरुषको पोल खुलेको थियो ।
यद्यपि ती पुरुषको पत्नीलाई अदालतमा पेश हुनु पर्यो । अदालतमा पुरुषले कार चलाउने युवती आफ्नो प्रेमिका भएको स्वीकार गरे । त्यसपछि उनलाई र उनकी पत्नीलाई रिहा गरियो ।