
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको मंगलवारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
संसद् अधिवेशन शुरू हुने पहिलो दिन मंगलवार २ बजे बस्ने बैठकमा शुरूमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धी अध्यादेश, तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यसपछि भौतिक पूर्वाधार मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश २०७८ पेश गर्नेछिन् । लगत्तै कानूनमन्त्री दिलेन्द्र बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेश हुने कार्यसूची छ ।
हेर्नुहोस्, सम्भावित कार्यसूची :
