१३ असार २०८३, शनिबार

विश्वनाथ कोरिडोर बनाउने मजदूरहरूसँग बसेर मोदीले गरे भोजन

मंसिर २७, २०७८
विश्वनाथ कोरिडोर बनाउने मजदूरहरूसँग बसेर मोदीले गरे भोजन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार बनारसमा रहेको काशी विश्वनाथ कोरिडोरको उद्घाटनपछि मजदूरहरूसँग बसेर खाना खाएका छन् । 

कोरिडोर निर्माणमा सहभागी मजदूरहरूको बीचमा बसेर मोदीले खाना खाएका तस्वीरहरू सार्वजनिक भएका छन् ।

उनले त्यस अवसरमा भने, ‘आज म यस भव्य परिसरको निर्माणमा सहभागी सबै मजदूरप्रति आभार प्रकट गर्न चाहन्छु । उनीहरूको परिश्रमकै कारण यो सम्भव भएको हो । मजदूरहरूले कोभिडको बेलामा पनि नरोकिइकन काम गरेका छन् ।’

मोदीको थालीमा रोटी, भात र चार किसिमका तरकारी देखिएका थिए । मजदूरहरूको थालीमा पनि त्यसै किसिमको भोजन देखिएको थियो । 

अयोध्यामा प्रभु श्रीरामको मन्दिर मात्र नभई सरकारले हरेक जिल्लामा मेडिकल कलेज पनि बनाएको मोदीले बताए । बाबा विश्वनाथको धामलाई भव्य बनाएको मात्र नभई गरीबहरूका लागि करोडौं पक्का घर पनि बनाइरहेको उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्