
नेकपा माओवादी (केन्द्र) लुम्बिनी प्रदेशमा पदाधिकारी चयनमा सहमति जुटेको छैन । आकांक्षी बढेपछि पदाधिकारी चयनमा सहमति जुट्न नसकेको हो ।
शनिवार बेलुकादेखि बसेको बन्दसत्रले २१७ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ । तर, यो कमिटीको बैठकबाट अध्यक्षसहित अन्य ९ पदका लागि पदाधिकारी चयन गर्नुपर्ने भए पनि सहमति नजुट्दा पदाधिकारीको टुंगो लाग्न सकेन । पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने भनिए पनि सहमति नजुट्दा पत्रकार सम्मेलनसमेत स्थगित गरिएको छ ।
सोमवार बिहान बस्ने प्रदेश कमिटीको बैठकले पदाधिकारीको टुंगो लगाउने जानकारी दिइएको थियो । तर, बैठकले सर्वसम्मत निर्णय दिन नसकेको बताइएको छ ।
लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल (गुल्मी), सुवास पुन (दाङ) लगायतको दाबी छ ।