२९ जेठ २०८३, शुक्रबार

मत खसालिएको ट्याङ्की सिल गरेर लगियो (तस्बिरहरु)

मंसिर २८, २०७८
मत खसालिएको ट्याङ्की सिल गरेर लगियो (तस्बिरहरु)

नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएसँगै मतगणनाका लागि आवश्यक प्रक्रिया थालनी भएको छ । सभापतितर्फ मत खसालिएको ट्याङ्की (मतपेटिका) सिलबन्दी गरेर मतगणनास्थलतर्फ पठाउन थालिएको छ ।
मतगणना राष्ट्रियसभा गृहमा हुनेछ । यस्तै अन्य पदको मतपेटिका भने पार्टी कार्यालय सानेपामा पठाइनेछ ।
सभापतिको मतगणना ४ स्थानमा गर्ने तयारी भएको छ भने त्यसका लागि करिब ६० जनाजति जनशक्ति आवश्यक पर्ने निर्वाचन समितिका एक अधिकारीले बताए । काँग्रेसमा करिब १२ घण्टा लामो मतदान भएपछि मत खसाल्ने क्रम सकिएको हो ।

 

salt training

कमेन्ट गर्नुहोस्