१३ असार २०८३, शनिबार

कांग्रेस १४ औँ महाधिवेशन : मतदान सम्पन्न, मतगणना शुरू हुँदै

मंसिर २८, २०७८
कांग्रेस १४ औँ महाधिवेशन : मतदान सम्पन्न, मतगणना शुरू हुँदै
फाइल तस्वीर

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमवार बिहान ११ः४५ बजेदेखि शुरू भएको मतदान राति ११ंः४५ बजे सम्पन्न भएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार जम्मा चार हजार ७४३ मतदाता (महाधिवेशन प्रतिनिधि) मध्ये चार हजार ६७९ ले मतदान गरेका छन् । १२ घण्टा चलेको मतदानमा ६४ जना अनुपस्थित रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।  

पूर्व निर्धारित समयमा मतदान नसकिएपछि तेस्रो पटक सोमबार राति ११.३० बजे सम्मका लागि मतदान समय निर्धारण गरिएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि भएको निर्वाचनमध्ये सभापति पदको मतगणना केही बेरमै सुरु गरिने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

सभापतिका लागि प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्धय डा शेखर कोइराला र कल्याणकुमार गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्