३० जेठ २०८३, शनिबार
कांग्रेस महाधिवेशन

कांग्रेस निर्वाचन : बिहान साढे ३ बजेसम्म पनि शुरू भएन सभापतिको मतगणना

मंसिर २८, २०७८
कांग्रेस निर्वाचन : बिहान साढे ३ बजेसम्म पनि शुरू भएन सभापतिको मतगणना

नेपाली कांग्रेसको १४ औँ महाधिवेसन अन्तर्गत सोमवार भएको निर्वाचनको मतगणना राति अबेरसम्म शुरू हुन सकेको छैन ।

मंगलवार बिहान २ बजेदेखि शुरू हुने भनिएको मतगणना बिहान साढे ३ बजिसक्दा पनि शुरू हुन नसकेको हो ।

मतगणनाको आन्तरिक तयारीमै रहेकाले केही ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ ।

अबको केही बेरमै मतगणना शुरू गर्ने समितिको भनाइ छ । 

मतगणना स्थलमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ भने सिसिटिभी पनि जडान गरिएको छ ।

मतपेटिकालाई सुरक्षाकर्मीहरूले सुरक्षा दिइरहेका छन् ।

महाधिवेशन स्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा सोमवार बिहान साढे ११ बजेबाट शुरू भएको मतदान १२ घण्टापछि राति साढे ११ बजे सम्पन्न भएको हो ।

बिहान ८ बजेबाट शुरू हुने भनिएको मतदान ३ घण्टा ढिला गरी शुरू भएको थियो । मतपत्र अभावमा बीचमा पनि मतदान प्रभावित भएको थियो ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि चुनिएर आएकोमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । ६४ जना भने अनुपस्थित रहे ।

भावी नेतृत्वका लागि सभापतिमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा। शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्