३१ जेठ २०८३, आइतबार

सभापतिको २६७७ मतगणना हुँदा देउवा १२६५, कोइराला ९८०

मंसिर २८, २०७८
सभापतिको २६७७ मतगणना हुँदा देउवा १२६५, कोइराला ९८०

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको २६७७ मतगणना गरिएको छ ।

सभापति पदमा २६७७ मतगणना हुँदा शेरबहादुर देउवाले १२६५, शेखर कोइरालाले ९८०, प्रकाशमान सिंहले २०७, विमलेन्द्र निधिले १९५ र कल्याण गुरुङले १२ मत पाएका छन् ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्