
कांग्रेस सभापतिका लागि दोस्रो चरणमा हुने मतदानमा आफूलाई सघाउन आग्रह गर्दै शेरबहादुर देउवा विमलेन्द्र निधिको निवास पुगेका छन् ।
पहिलो चरणमा कसैको बहुमत नआएपछि देउवाले सभापतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएका निधिको घरमा पुगेका हुन् ।
पहिलो चरणमा कसैले स्पष्ट बहुमत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको छ । मतदानका लागि दिउँसो साढे ३ बजेदेखि बेलुका साढे ७ बजेसम्मको अवधि तोकिएको छ ।

