०४ असार २०८३, बिहीबार

सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले बढ्यो

मंसिर २८, २०७८
सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले बढ्यो

सुनचाँदी बजारमा मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले बढेर ९२ हजार ८०० पुगेको छ । 

अघिल्लो दिन प्रतितोला ९२ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ३०० रूपैयाँ कायम भएको छ जसको मूल्य सोमवार प्रतितोला ९२ हजार रूपैयाँ तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले बढेर एक हजार २१० रूपैयाँ तोकिएको महासंघले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८६ डलर आसपास कारोबार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्