२७ असार २०८३, शनिबार

प्रतिनिधि सभाको आजको बैठक पनि एमालेले अवरुद्ध गर्ने

मंसिर २८, २०७८
प्रतिनिधि सभाको आजको बैठक पनि एमालेले अवरुद्ध गर्ने

नेकपा एमालेले प्रतिनिधि सभामा अवरोध कायमै राख्ने भएको छ ।

सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै एमालेले लामो समयदेखि प्रतिनिधि सभा बैठकमा अवरोध गर्दै आएको छ ।

संघीय संसद्को अधिवेशन आजदेखि शुरू हुँदैछ । अधिवेशन शुरू हुने पहिलो दिनको बैठक नै एमालेले अवरोध गर्न लागेको हो ।

प्रतिनिधि सभामा अवरोध जारी राख्ने निर्णय भएको प्रतिनिधि सभामा एमालेकी सचेतक शान्ता चौधरीले लोकान्तरलाई जानकारी दिइन् । 

माधव नेपालसहितका १४ सांसदलाई पार्टीले गरेको कारवाही सदर गर्दै सूचना प्रकाशित गर्न अस्वीकार गरेको भन्दै एमालेले प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्