०२ साउन २०८३, शनिबार
प्रतिनिधि सभा बैठक

हिउँदे अधिवेशनको पहिलो दिन नै एमालेद्वारा प्रतिनिधि सभामा नाराबाजी

मंसिर २८, २०७८
हिउँदे अधिवेशनको पहिलो दिन नै एमालेद्वारा प्रतिनिधि सभामा नाराबाजी
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदको हिउँदे अधिवेशनको शुरूको दिनमै प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।

नवौं अधिवेशनका अधिकांश दिनमा प्रतिनिधि सभाको अधिवेशन अवरुद्ध गरेको एमालेले दशौं अधिवेशनको पहिलो दिन नै सदन अवरुद्ध गरेको हो । 

सभामुख अग्नि सापकोटाले अधिवेशन प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसदहरू नाराबाजी गर्दै संसद्को वेलमा पुगेका थिए ।

माधव नेपाललगायत १४ सांसदमाथि गरिएको कारवाही सिफारिश कार्यान्वयन नगरेको भन्दै एमालेले प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ ।

मंगलवार बसेको एमाले संसदीय दलको बैठकले गैर सांसदलाई सहभागी गराएर संसद् बैठक चल्न नदिने भन्ने निष्कर्ष निकालेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्