०५ साउन २०८३, मंगलबार
कांग्रेसको दोस्रो चरणको मतदान

दोस्रो चरणको मतदानअघि गगनको अपिल– एकपटक आफ्नो हृदयलाई सोधेर मात्र भोट हाल्नुस्

मंसिर २८, २०७८
दोस्रो चरणको मतदानअघि गगनको अपिल– एकपटक आफ्नो हृदयलाई सोधेर मात्र भोट हाल्नुस्

नेपाली कांग्रेसको महामन्त्रीका प्रत्यासी गगन थापाले आफ्नो हृदयलाई सोधेर मात्र मतदान गर्न अपिल गरेका छन् ।

कांग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान हुनुअघि एक अपिल जारी गर्दै गगनले सभापतिका प्रत्यासी डा. शेखर कोइरालालाई मतदान गर्न अपिल गरेका हुन् ।

'आज निर्णय गर्ने बेला आएको छ । तपाईंको एक भोट आज यो मतदानको लाइनमा आउन नसकेका ती तमाम नेपालीको सपना र आशासँग पनि जोडिएको छ । तपाईंको विवेकपूर्ण एक मत हाम्रो पार्टी र मुलुकको भविष्य बदल्ने प्रस्थान बिन्दु हुनेछ,' गगनले लेखेका छन्, 'एकपटक आफ्नो हृदयलाई सोधेर, हाम्रा अग्रजहरूको बलिदान र भावी सन्ततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणका लागि डा. शेखर कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन पुन: हार्दिक अपिल गर्दछु ।'

उनले संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन बेथितिको अन्त्य गर्न र पार्टीलाई विधि र थितिमा बसाल्न नेतृत्व परिवर्तन अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

हेर्नुहोस्, अपिल :

salt training

कमेन्ट गर्नुहोस्