२६ असार २०८३, शुक्रबार

युक्रेन सीमा नजिक रुसले गर्‍यो लाइभ फायर अभ्यास (भिडियो)

मंसिर २८, २०७८
युक्रेन सीमा नजिक रुसले गर्‍यो लाइभ फायर अभ्यास (भिडियो)

रुसले युक्रेनको सीमा नजिक एक हजार भन्दा बढी ट्यांकका साथ लाइभ फायर अभ्यास गरेको छ । 

युक्रेनमाथि रुसले आक्रमण गर्न लागेको भनी पश्चिमले बताइरहेको बेलामा यो अभ्यास गरिएको हो । 

सीमाबाट ३० माइल पर स्थलसेनाको अभ्यास हुँदा युरोप त्रस्त छ । 

रोस्तोभ क्षेत्रमा रहेको कादामोव्स्की फायरिङ रेन्जमा अभ्यास गरिएको तस्वीर र भिडियो सार्वजनिक भएको छ । 

अभ्यासका क्रममा सैनिकहरूले एके–७४एम, आरपीजी–७भी र एजीसी–१७ लगायतका हतियार उपयोग गरेको रुसको रक्षा मन्त्रालयद्वारा सञ्चालित टीभी ज्वेज्दाले खबर दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्