१० साउन २०८३, आइतबार
कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशनः ५ बजेसम्म खस्यो १३०० मत

मंसिर २८, २०७८
कांग्रेस महाधिवेशनः ५ बजेसम्म खस्यो १३०० मत

कांग्रेसको सभापति चयनका लागि राष्ट्रिय सभा गृहमा अहिले मतदान भइरहेको छ । अपरान्ह ५ बजेसम्म १३०० मत खसेको निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए । 

दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच सभापतिका लागि प्रतिस्पर्धा भइरहेको छ । 

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा निर्वाचन भएको हो ।

पहिलो चरणमा देउवाले २२ सय ५८ र शेखरले १७ सय २ मत प्राप्त गरेका थिए । प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत मात्रै प्राप्त गरेका थिए । 

सोमवार मध्यरातसम्म चलेको पहिलो चरणको मतदानमा ४ हजार ७४३ मध्ये ४ हजार ६७९ जनाले मतदान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्