२३ जेठ २०८३, शनिबार
कांग्रेस महाधिवेशन

कांग्रेस निर्वाचन : तीन ठाउँमध्ये २ मा गणना सकियो, एकमा विवाद

मंसिर २९, २०७८
कांग्रेस निर्वाचन : तीन ठाउँमध्ये २ मा गणना सकियो, एकमा विवाद

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत उपसभापति पदको मतगणना जारी छ ।

तीन स्थानबाट भइरहेको मत गणनामा २ स्थानको सकिएको छ ।

बाँकी रहेकाे एक स्थानमा गणना राेकिएको छ।

गणनामा १ भाेट फरक परेकाले विवाद भएको छ । जसका कारण अहिले सो स्थानमा मतगणना स्थगित भएको निर्वाचन समितिले बताएको छ ।

उपसभापतिको ३५५८ मतगणना हुँदा पूर्णबहादुर खड्काले १६३४,  विजयकुमार गच्छदारले १४४३, धनराज गुरुङले १४३७ र  डा. चन्द्र भण्डारीले १२५७ मत पाएका छन् ।

खड्का र गच्छदार दुवै सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।

उपसभापतिका अन्य उम्मेदवारहरू सुजाता कोइरालाले ४38, महेश आचार्यले ४१३ र दिव्येश्वरी शाहले ११७ मत पाएका छन् ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकोमा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय कार्यसमितिका २ उपसभापतिमा डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइरालाबीच प्रतिस्पर्धा छ ।

यसअघि सभापति पदमा दोस्रो चरणको निर्वाचनबाट प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्